Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार

काठमाडौं १ चैत । यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा भारतले नेपाललाई ७/० गोलको फराकिलो अन्तरले हराएको हो।

खेलको १७ औं मिनेटमै प्रियंका सुजीश पोट्टेक्काटको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्को दुई मिनेट नबित्दै लिन्डा कोम सेर्टोले गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यस्तै ३७ औं मिनेटमा फेरि लिन्डाले नै गोल गर्दा पहिलो हाफमा नेपाल ३/० ले पछि रह्यो।

दोस्रो हाफमा नेपालको प्रदर्शन अझ कमजोर देखियो। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेकी अपुर्णा कर्ल्सले ७४ औं मिनेटमा गोल गरिन्। त्यस्तै ८१ औं मिनेटमा पुर्णीमा नोड्सले र ८९ औं मिनेटमा सुनिता मुण्डाले गोल गरे। इन्ज्युरी समयमा भारतले थप गोल गर्‍यो। इन्ज्युरी समयमा नितु लिण्डाले गोल गर्दा भारतले नेपालमाथि ७/० को फराकिलो जित निकाल्न सफल भयो।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोली सहभागी छन्। नेपालले अब १७ मार्चमा बंगलादेशसँग, २१ मार्चमा भारतसँग र २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com