Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

facebook sharing button
whatsapp sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौँ ।  राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय विरुद्ध अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार अर्थ मन्त्रालयमा युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्री महतलाई अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी रोक्न ज्ञापनपत्र बुझाएका हुन् । 

अध्यक्ष थेबेले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र दिन प्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योगधन्दा धरासायी बनेका र महंगीले आकाश छोएको अवस्था अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी गलत भएको बताए । उनले नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको र त्यस्तो अवस्थामा सरकारले पैसा बाँड्न लागेको भन्दै आपत्ति जनाए । देशको अर्थतन्त्र उकास्न प्राथमिकता दिनुको सट्टा उल्टै सरकारले १८ वर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गरिनु नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको थेवेको आरोप छ ।

युवा संघले सरकारसँग देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग समेत गरेको छ । संघले अर्थमन्त्री डा.महतलाई सरकारले अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावानी दिएको छ । रातोपाटी बाट
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com