Yeti Khabar

२०८२ मंसिर १, सोमबार - Mon Nov, 2025 -

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड

बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आक्रमण भएको छ । चुनाव नजिकिँदै गर्दा हिंसात्मक घटनाहरु बढेका एपी न्यूजले जनाएको छ ।

हिजो पूर्वप्रधानमन्त्री हसिनाको पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । यस्तै छुरा प्रहारबाट एक जनाको ज्यान समेत गएको छ । दुई महिनापछि फेव्रोअरीमा चुनाव गर्ने सरकारको लक्ष्य रहेपनि वातावरण बिग्रँदै गएको छ ।

अवामी लिगले आउँदो आइतवारसम्म देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखेको छ । तर सरकारले अवामीलाई राजनीतिक गतिविधि गर्न रोक लगाएको छ ।

यस्तो अवस्थामा अवामी लिगले गर्ने राजनीतिक गतिविधिविरुद्ध सरकार समर्थक विभिन्न राजनीतिक दल तथा समूहले प्रदर्शन गर्ने चेतावनी दिएका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको मुद्दामा आउँदो सोमबार फैसला सुनाइने खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com