चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्मा विहीबार जवाफ दिने

बैशाख, २३ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले विहीबार संसदमा जवाफ दिने भएका छन् । आज प्रतिनिधिसभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने उनीहरूको माग थियो ।
त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने बताए। उनका अनुसार आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिनेछन् ।