Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

ह्यारी केन र ह्युङ मिन सन चम्कँदा टोटेनहमको सहज जित

टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा नटिङहम फरेस्टमाथि सहज जित दर्ता गरेको छ।
ह्यारी केन र ह्युङ मिन सन चम्कँदा टोटेनहमले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–१ को सहज जित दर्ता गरेको हो। ह्यारी केनले २ तथा सनले १ गोल गरेका थिए।

गएराति टोटेनहम हटस्पर स्टेडियम लन्डनमा भएको खेलमा १९औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरूआती अग्रता दिलाए।
३५औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। पेनाल्टी बक्समा कप्तान जोई ओरलले रिचार्लीसनलाई फउज गरेपछि प्राप्त पेनाल्टीमा केन चुकेनन् ।

पहिलो हाफमा २-० ले अघि रहेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्‍यो। ६२ औं मिनेटमा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई ३–० को स्थितिमा पुर्‍याए।

खेलको ८१औं मिनेटमा जोई ओरलले गोल गरे पनि त्यसपछि थप गोल हुन नसक्दा टोटेनहम ३–१ ले विजयी भयो।
यो जितसँगै टोटेनहम २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत छ। २ खेल कम खेलेको म्यान्चेष्टर युनाइटेड ४९ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सनलको ६३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीको ६१ अंक छ। यता पराजित नटिङहम २६ खेलबाट २६ अंक जोड्दै १४औं स्थानमा छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com