Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नेदरल्यान्ड्ससँगकाे हारबाट दबाबमा छैनाैँ, हामी आफूलाई प्रमाणित गर्न आएका हाैँ : साेमपाल

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटकाे आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गए राति भएकाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयाे ।

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य साेमपाल कामीले भने याे हारबाट हताेत्साहित हुनुपर्ने अवस्था नरहेकाे बताएका छन् । खेलपछि उनले भने, ‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार बेहाेर्‍याैँ तर आउँदाे तीन खेलमा राम्राे गर्नेछाैँ ।’

अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्राे जुन १५ मा दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवाैँ संस्करणकाे प्रतियाेगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com