Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

धादिङ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन्।
शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाकाविरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत चयन भएकी हुन्।

उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन्। लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन्।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत चयन भएका छन्। सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएकी हुन्।

सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शंकर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बनेका छन्। उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (साङ्गठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन भएका छन्। त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएकी छन्।

त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ। गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ। तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष (खुला) पदमा तीन जनाको उम्मेदवारी परेको छ।

सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो। खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।

यद्यपि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन। सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने बताइएको छ।

यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ। शुक्रबार राति नै मनोनयन दर्ता खुला गर्ने कार्यतालिका भए पनि सर्वसम्मतको कसरतले आज दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुला गरिएको थियो। सर्वसम्मत नभएका पदको आज अबेरसम्म भए पनि मतदान गराइने निर्वाचन समितिले जनाएको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com