Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु

 

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही शुरु गरेको छ । सेनाले पछिल्लो समय हमास बिद्रोही सहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हमासले फेरि अस्पतालमा कमाण्ड सेन्टरको तयारी गरिरहेको दावी गरेका छन् ।

इजरायली सेनाले यसअघि अस्पताल वरपर बस्ने मानिसहरूलाई त्यस क्षेत्र खाली गर्न आग्रह गरेका थिए । उनीहरुलाई नटेर्नेहरु पक्राउमा परेका बीबीसी हिन्दीले जनाएको छ । सेनाका कारण अस्पतालमा शरण लिएका गाजाका धेरै शरणार्थीहरू र बिरामीहरु समस्यामा परेका खबरमा उललेख छ ।

यसैबीच हमासले इजरायली सैन्य कारबाहीलाई नयाँ ‘अपराध’ र ‘आक्रमण’ भन्दै निन्दा गरेको छ । यसअघि नोभेम्बर महिनामा पनि इजरायली सेनाले अल शिफा अस्पतालमा सैन्य कारबाही गरेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com