Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

इजरायलले रफाहमा आक्रमण गरे हतियार आपूर्ति रोक्ने अमेरिकाको चेतावनी

अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गरिदिने बताउनुभएको हो । इजरायलले गाजा शहर रफाहमा भूमिगत कारबाही शुरु गरेमा हतियार आपूर्ति बन्द गर्ने बाइडेनको भनाइ रहेको सीएनएनले जनाएको छ ।

राष्ट्रपति बाइडेनले सर्वसाधारणको जीवन रक्षाका लागि इजरायललाई दिँदै आएको सैन्य सहयोग कटौती गर्नुपर्ने बताउनुभएको खबरमा उल्लेख छ । यसअघि हिजो पनि अमेरिकाले इजरायलमा पठाउन लागेको बम तथा विस्फोटक पदार्थ रोकेको थियो ।

इजरायलले रफाहमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेको छ । तर दक्षिणी गाजाको आधाभन्दा धेरै जनसङ्ख्या रहेको रफाह शहरमा इजरायलले आक्रमण गरेमा धेरै नागरिकको हताहत हुनसक्ने भन्दै अमेरिकाले चिन्ता जनाएको छ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासको अन्त्यका लागि रफाहमा आक्रमण गरेरै छाड्ने बताउँदै आएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com