Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नेकपा माओवादी केन्द्रको बैठक आज सकिदै

साउन, २१ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिदै छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको छ ।

चार दिनसम्म २२१ जना ले बैठकमा धारणा राखेका छन् । आज नभ्याउन बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी आजै बैठक सक्ने तयारी भएको हो ।
आजको बैठकमा थप सदस्यहरूदले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । दिउँसो १ बजेसम्म बाँकी सदस्यहरूका लागि समय छुट्याइएको छ । त्यसपछि अध्यक्षले जवाफ दिने कार्यक्रम तय भएको छ ।

बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषय उठाएका छन् ।
यसपटक पदाधिकारीहरूले नै केही असन्तुष्टिसमेत व्यक्त गरेका छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले आफूहरूलाई गुटको नेताको रुपमा छुट्याएर विकल्प खोजिएको भन्दै गुनासो गरेका छन्

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com