सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित
जेठ, ३ काठमाडौं । सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिन केहि अघि सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टीको रेशम चौधरी पक्षधर सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभामुम भिम भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै नाराबाजी गरेका थिए ।