Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गणेश थापा निर्वाचित

जेठ,२ काठमाण्डौ । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् । थापा दुई हजार ८४६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दशरथ खड्काले २२०३ र एमालेकी शान्ति शर्माले १९३४ मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीना खड्काले २६८३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी माओवादीकी मनिषा सोनीले २२४७ मत पाइन् भने एमालेकी बसन्ता शाहीले एक हजार ९२२ मत पाएकी छिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com