Yeti Khabar

२०८१ बैशाख २१, शुक्रबार - Fri May, 2024 -

सोमालियामा भारी वर्षा र बाढी : साढे ७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने

सोमालियामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको भारी वर्षासँगै आएको बाढी र डुबानका कारण झण्डै सात लाख ७० हजार मानिस प्रभावित हुन सक्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अनुमान गरेको छ ।

ओसीएचएकाअनुसार सोमालियाको २२ वटा जिल्लाका धेरै क्षेत्रमा अप्रिल शुरु भएदेखि नै भारी वर्षा भइरहेको छ  । शाबेल र जुबा नदीको छेउछाउका बस्तिलाई प्राथमिकतामा राखेर उद्धार र सहायताका लागि डुङ्गाहरु तयारी अवस्थामा राखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सोमालियामा यसअघि सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्ममा बर्षाका कारण १६ लाख मानिस विस्थापित भएका थिए । भारी वर्षा र डुबानका कारण सोमालियामा खाद्य सङ्कट गहिरिएर भोकमरीको समस्या अझ थपिने अनुमान रहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com