बढ्यो सुनको भाउ
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/07/download-1.jpg)
साउन,२ काठमाण्डौ । सुनको भाउ आज बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ ।
चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको शुक्रवारदेखि चाँदीको भाउमा कुनै घटबढ भएको छैन। चाँदी तोलामा एक हजार चार सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी महासङ्घले बताएको छ ।