Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु , ७ जना घाइते

चैत्र,१ काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रदेश प्रहरीका एसपी दिपक पोखरेलका अनुसार उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट गाडी खस्दा ६ जनाको घटनास्थलमै मृत्युभएको छ ।

आज बिहान करिब साढे १० बजेतिर को १ ज ३२९३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना गम्भीर घाइते छन्। दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा जिपबाट उछिट्टिएका पाँच जना जति घाइतेहरूलाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि लगिएको छ। जिपमा एउटै घरका चार जनासहित १४ जना यात्रु रहेको खुलेको छ। उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले घाइते सात जनाको उद्धार गरेर अस्पताल पठाएको जानकारि दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com