Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ

साउन,११ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान एक किलो ६१० ग्राम सुन जस्तो देखिने अर्धठोस वस्तुसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

४२ वर्षीय यूसुफ हारोनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गरेको थियो।

त्यस क्रममा भिस्त्री वस्त्रमा प्लाष्टिकभित्र लुकाएर सुनजस्तो पहेँलो वस्तु ल्याएको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com