Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

असोज,१२ काठडमाडौं । सल्यानको मुलपानीमा मध्यराति जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ।
मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले बताउनुभयो । थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ।

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले हालसम्म ८ जनाको मृत्यु भए पनि कसैको परिचय नखुलेको बताए
‘म घटनास्थल पुग्दैछु,’ उनले भने ‘ हालसम्म ८ जनाको मृत्यु भएको खबर छ, मृतक कसैको सनाखत भएको छैन।’

प्रहरीका अनुसार उक्त जीपमा कुल ९ जना सवार थिए।

प्रहरी स्रोतका अनुसार उनीहरू नेपालगञ्जबाट बिहे भोज खाएर सल्यानस्थित घर फर्कदै थिए।
‘नेपालगञ्जजको बिहेमा गएर घर फर्किदै गरेका मानिसहरू दुर्घटनामा परेका छन,’ ती प्रहरी अधिकारीले भने, ‘उनीहरू डबल क्याप जीप बुकिङ गरि घर फर्कदै गरेको खुलेको छ।’

मध्यराति साढे १ बजेतिर दुर्घटना हुँदा प्रहरीले समयमै थाहा नपाएर उद्धार र उपचारमा समस्या भइ मृतकको संख्या बढेको एक स्थानीयले बताएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com