Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

वेलिङटन । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो ।

जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए । म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन बनाएपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । कप्तान बेन स्टोक्सले ३३ तथा बेन फोक्सले ३५ रनले बनाए ।

पहिलो पारीमा ८ विकेटको क्षतिमा ४३५ रन बनाउँदै इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । न्युजिल्याण्ड पहिलो पारीमा २०९ रनमा सीमित भएपछि टोली फलोअनमा परेको थियो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्डले पुनरागमन गर्दै ४८३ रन बनायो ।जीतसँगै शृङ्खलामा १–१ को बराबरी भएको छ । न्युजिल्याण्डले सन् २०१७ देखि घरेलु मैदानमा कुनै शृङ्खला हारेको छैन ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com