Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मालवाहक पानीजहाजमा हुथीकाे आक्रमण : ३ जनाको ज्यान गयो, एक नेपालीको अवस्था थाहा हुन सकेन

  

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानीजहाजमा आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ । जहाजमा २० जना चालक दलका सदस्य र सशस्त्र गार्ड रहेकामा एक जना नेपाली पनि रहेका बीबीसीको खबरमा उल्लेख छ ।

जहाजमा रहेका नेपाली सशुसल छन्, घाइते छन् वा मारिएका छन् भन्नेबारे खुलेको छैन् । पहिल्लो केही महिनादेखि हुथीले विभिन्न देशमा पानी जहाजमा आक्रमण गर्दै आए पनि ज्यान गएको भने यो पहिलो घटना हो । इजरायलले गाजामा अनाथ मानिसहरूमाथि गरिरहेको आक्रमणको विरोधमा जहाजमा आक्रमण गरिरहेको हुथीले बताएकाे छ । उनीहरूले इजरायल वा उसलाई समर्थन गरेको देशहरूसँग सम्बन्ध भएका पानीजहाजलाई निसाना बनाएर आक्रमण गर्ने गरेका छन् ।

हिजो भएको आक्रमणमा चालक दलका तीन जनाको ज्यान गएको र चार जना घाइते भएका अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजो अदनको खाडीमा बार्बाडोसको झण्डासहित सामान बोकेको जहाजमा हुथीले आक्रमण गरेपछि आगो लागेको थियो ।

अमेरिका र बेलायतले हुथीको यो आक्रमणको चर्को निन्दा गर्दै उनीहरूले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अमेरिका र बेलायतले यमनमा हुथीका अखडामा आक्रमण पनि गर्दै आएका छन् तर हुथी पछि हटेकाे छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com