Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

काठमाण्डौ – गण्डकी प्रदेशका एक हजार पाँच सय विपन्न परिवारले जनता आवास कार्यक्रममार्फत नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एक हजार पाँच सय घर निर्माण सम्पन्न भइ हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले सम्झौता भएकामध्ये चार सय ३५ घरको अन्तिम भुक्तानीसहित हस्तान्तरण गर्न बाँकी रहेको बताउनुभयो । उहँँका अनुसार लागत सहभागिताका लागि लाभग्राही स्वयमले शौचालय बनाउनुपर्ने प्रावधान कार्यविधिमा छ ।

तर  शौचालय नबनेकाले कतिपयको अन्तिम भुक्तानी रोकिएको छ ।  सङ्घ सरकारले जनता आवास कार्यक्रमका लागि दिने सशर्त अनुदान चालु आर्थिक वर्षदेखि रोकिएका कारण पनि कार्यक्रम कार्यान्वयनमा जटिलता थपिएको प्रवक्ता पौडेलको भनाइ छ ।

सम्झौता भएका सबै लाभग्राहीलाई एकै चरणमा भुक्तानी दिन प्रदेश सरकारसँग बजेटको अभाव रहेको प्रवक्ता पौडेलले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com