Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

फागुन,४ काठमाण्डौ । दाङको घोराहीमा श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्युभएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला गएराति गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले बताए ।

प्रहरीका अनुसार थापालाई आफ्नै श्रीमान प्रहरी सहायक हबलदार यमबहादुर झाँक्रीले गोली हानेका हुन् । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री हिजो घोराही आएर थापाको हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com