Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् ।

इजरायल र गाजाबीचको युद्धका कारण धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै बन्धक बनाइएकाका परिवारका प्रतिनिधिले हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा दायर गर्ने बताएका हुन्  । यसका लागि उनीहरु हिजै नेदरल्यान्ड्सकाे हेग गएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा झण्डै २ सय ५० जनालाई अपहरण गरेर बन्धक बनाएका थिए, जसमध्ये झण्डै १ सय ३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको ज्यान गइसकेको अनुमान गरिएको खबरमा उल्लेख छ ।

बन्धक बनाइएका र हराइरहेका परिवार मिलेर ‘होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ गठन गरेका छन् । यो फोरमले जतिसक्दो छिटो युद्ध रोक्न र आफ्ना परिवारका सदस्यलाई सकुशल रिहाइ गर्न दबाब दिने बताएका छन् । अहिले इजरायलमा बन्धकका परिवारले  भयानक अवस्थाबाट गुज्रिनु परेको र युद्ध नरोकिए विश्वव्यापी रुपमै यस्तो समस्या निम्तन सक्ने चेतावनी समेत दिएका छन् । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com