Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

४० हजार मत गणना हुँदा ९ हजार मत बदर

जेठ, ८ काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा ४० हजार मत गणना हुँदा नौ हजारभन्दा धेरै मत बदर भएको छ।
निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका अनुसार हालसम्म तुलसीपुर उपमहानगरपालिका भित्रका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० को मत गणना गर्दा ९ हजार ६७२ मत बदर भएको छ। बदर मत अधिकांश गठबन्धन दलका छन्।

बदर मतमध्ये मेयरमा ३ हजार ८९० र उपमेयरमा ५ हजार ७८२ भेटिएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी तुलसीपुर-५ मा ९०६ मत बदर भएको भेटिएको छ। उक्त वडामा ३ हजार ७४१ मत खसेको थियो। ती बदर मत उपमेयर पदका मात्रै रहेको अधिकृत अर्यालले बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com