Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

स्न्यापच्याट सञ्चालन गर्ने कम्पनी जायन्ट स्न्यापले १० प्रतिशत कर्मचारी कटौती गर्ने

सामाजिक सञ्जाल स्न्यापच्याट सञ्चालन गर्ने कम्पनी जाइन्ट स्न्यापले १० प्रतिशत कर्मचारी  कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले गएको नोभेम्बरमा पाँचहजार कर्मचारीमध्ये पाँच सय जना अनावश्यक रहेको बताएको थियो ।

स्न्यापले अक्टोबरमा निकालेको चौथो त्रैमासिक रिपोर्टमा तीन सय ६८ मिलियन डलर घाटा भएको पाइएपछि कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ । रिपोर्टले प्रतिद्वन्द्वी मेटा कम्पनीको पछिल्लो त्रैमासिक नाफा वार्षिक रूपमा तीन गुणा बढेको र प्रयोगकर्ताहरूको वृद्धिको हिसाबले पनि स्न्यापपछि परेको देखाएको खबरमा उल्लेख छ ।

सामाजिक सञ्जाल विश्लेषक जस्मिन एनबर्गले स्न्यापको पछिल्लो आम्दानीको रिपोर्टले स्न्यापको व्यवसायको अवस्थाको संकेत राम्रो नभएको देखाएको बताउनुभयो । यो सामाजिक सञ्जालको कम्पनीबाट सामूहिक कर्मचारी हटाउने दाेस्राे कदम हो ।

यसअघि अगस्ट २०२२ मा पनि स्न्यापले  २० प्रतिशत कर्मचारी कटौती गरेको थियो । कम्पनीले आफ्नो आर्थिक अवस्था सुधारका लागि स्न्यापबाहेक विभिन्न सिसाजन्य सामग्री उत्पादन गरेर बजार व्यवस्थापनका लागि पनि प्रयास गरेको थियो । तर व्यापार विस्तार गर्न नसकेपछि सबै काम बन्द गरेको थियो । एजेन्सी 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com