Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि म प्रधानमन्त्री बन्नुर्पछः नेता पौडाल

भदौँ, १८ काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् ।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए ।

देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ,’ उनले भने।

पौडेलले सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, सम्बर्द्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए।

‘सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ। त्यो मसँग छ। म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन। उनले भने ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com