Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टाउकोमा ताकिएको पेस्तोल नपड्किएपछि बाँचिन् अर्जेन्टिनाकी उपराष्ट्रपति

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि क्रिच्नर हत्या हुनबाट जोगिएकी छन्।
समाचार संस्था रोयटर्सका अनुसार बिहीबार उनलाई एक जनाले पेस्तोलले गोली हान्न प्रयास गरेका थिए। राजधानी ब्युनस आयर्सको आफ्नै निवासमा समर्थकहरूसँग भेटिरहेकी क्रिस्ट्रिनाको टाउकोमा ताकेर पेस्तोलले गोली हान्न खोजेको भिडिओ सार्वजनिक भएको छ।

पाँच राउन्ड गोली लोड भएको भए पनि त्यतिबेला पेस्तोल नपड्किएकाले क्रिस्टिना बाँचेको अधिकारीहरूले बताएका छन्।
अर्जेन्टिनाका राष्ट्रपतिल एल्बर्टो फर्नान्डिजले उक्त हत्या प्रयासको निन्दा गरेका छन्।

‘त्यो मान्छेले क्रिस्टिनाको टाउकोमा पेस्तोल ताक्यो र ट्रिगर तान्यो। क्रिस्टिना अहिले जिवित छिन् किनभने केही कारणले पेस्तोल पड्किएन,’ टेलिभिजन सम्बोधनका क्रममा एल्बर्टोले भने।

अर्जेन्टिनामा प्रजातन्त्र पुनर्स्थापना भएपछिको यो सबैभन्दा गम्भीर घटना भएको उनले उल्लेख गरेका छन्।
यसअघि दुई पटक अर्जेन्टिनाकी राष्ट्रपति भइसकेकी उपराष्ट्रपति क्रिस्टिनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। सोही मुद्दामा उनी बिहीबार बयान दिएर आएकी थिइन्।

आक्रमणकारीले किन उनको हत्या प्रयास गरेका थिए भन्ने खुलेको छैन। स्थानीय सञ्चारमाध्यमले पेस्तोल ताक्ने व्यक्ति ३५ वर्षीय ब्राजिलियन मूलका पुरूष भएको समाचार उल्लेख गरेका छन्। उनलाई प्रहरीले हिरासतमा लिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com