Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

काठमाण्डौ – आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् ।

अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो ।

सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने बताउनुभयो ।

क्षेत्रीय स्थिरता, विश्व शान्ति र कल्याणसँग पनि भारत र अष्ट्रेलियाको सम्बन्ध जोडिएको उहाँको भनाइ छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com