Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

युगान्डाको एउटा विद्यालयमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गयो

युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ ।

इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको र आठ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । विद्यालयमा आक्रमण गरेर विरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ भागेको समूहलाई प्रहरीले पछ्याइरहेका छन् ।

गएराति भएको आक्रमणमा विद्रोही समूहले विद्यालयको छात्राबासमा आगो लगाउनुको साथै आसपासका पसलमा लुटपाट समेत गरेका छन् । अझै थुप्रै विद्यार्थी हराइरहेकाले उनीहरु पनि मारिएका वा अपहरणमा परेका हुन सक्ने युगान्डाको सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

त्यही क्षेत्रमा सन् १९९८ मा पनि विद्रोही समूहले एउटा विद्यालयमा आक्रमण गरी ८० जना विद्यार्थीलाई उनीहरुको छात्राबासमै जलाउनुको साथै एक सय जनाभन्दा बढी विद्यार्थीको अपहरण गरेका थिए। एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com