Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अमेरिकाको क्यालिफोर्नियामा ६ जनाको हत्या भएको घटनामा पाँच जना पक्राउ

  

दक्षिणी क्यालिफोर्नियाको मोजाभ मरुभूमिको क्षेत्रमा गोली हानी मारिएका ६ वटा शव फेला परेको घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गोली लागेर घाइते भएको अवस्थामा एक जनाले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा हेलिकप्टर लिएर गएको प्रहरीले ६ वटा शव फेला पारेको थियो । यही जनवरी २३ मा भएको यो घटना अवैध गाँजा उत्पादन र कारोबारसँग सम्बन्धित हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ ।

सीसी फुटेजमा त्यहाँ जम्मा भएकाले गाँजा कारोबारका विषयमा छलफल गरेर भेट्ने योजना बनाएको अनुसन्धानमा पाइएको खबरमा उल्लेख छ । घटनास्थलमा चार जनाको शव एकै ठाँउमा , एक जनाको गाडीमा र एकजनाको शव केही दूरी पर फेला परेको थियो । घटनास्थलबाट प्रहरीले केही थान बन्दुक पनि बरामद गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com