Yeti Khabar

२०८१ आश्विन ५, शनिबार - Sat Sep, 2024 -

राति जहाजबाट हेर्दा उज्यालो देखिने सहर ललितपुर हुनेछ: मेयर चिरीबाबु

मंसिर,१५ काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रातको समयमा जहाजमा चढेर काठमाण्डौ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताउनुभएको छ ।

हिजो बेलुकी ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा मेयर महर्जनले भन्नुभयो, ‘रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाण्डौ उपत्यकामा उज्यालो देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो । जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’

ललितपुरमा हिजो एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीको उद्घाटन भएको थियो । दोस्रो चरणअन्तर्गत ललितपुरको भैँसे, खोकना, बुङ्गमती, धापाखेल, सुनाकोठी र हरिसिद्धीमा स्मार्ट बत्ती जडान भएको हो । महानगरले यसअघि पहिलो चरणमा कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो, एकान्तकुना, मङ्गलबजार, पाटन ढोका क्षेत्रमा छ सय ६९ वटा स्मार्ट बत्ती जडान गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com