Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ओलीकै कारण पार्टी जोगाउन नसकिएको : माधवकुमार नेपालको आरोप

काठमाडौं ३ वैशाख । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् ।
आज काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिएका छन । उनले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको जिकिर गरे ।

ओलीको अहंकार अलिकति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उनको भनाइ थियो ।
चुनावी तालमेलका क्रममा वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा उनले राखे । सत्ता गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले ६ महिनाको अवधिमा एकीकृत समाजवादीलाई राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दाबी गरे । ओलीकै कारण पार्टी एकता जोगाउन नसकिएको उनको भनाइ थियो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com