Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जिल्ला समन्वय समिति अछामको प्रमुखमा ललितबहादुर कुँवर निर्वाचित

जेठ, २१ काठमाण्डौ । जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे । नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । उनले पनि १२ मत प्राप्त गर्दै एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पारेकी हुन् । दानमती पञ्चदेवल नगरपालिका–४ बाट ५ सय ८० मत सहित नगरसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com