Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

अल अक्सा मस्जिदबाट ३ सय ५० जना भन्दा बढी पक्राउ

जेरुसेलम । पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

मास्क लगाएर मस्जिदभित्र ढुङ्गा मुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधवार बिहानैदेखि झडप भएको बताएका छन् । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् । हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिक रूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो । रमजानको पवित्र महिनामा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com