Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

हंसपुरमा दुई समूहको विवादमा एक जनाको मृत्युभएपछि अवस्था तनावपूर्ण

पुष,६काठमाण्डौ । धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ । स्थानीयबासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढा समेत गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताउनुभयो ।

स्थानीयबासिन्दाले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै दुई वटा मोटरसाइकल पनि जलाएका छन् । अवस्था सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ ‌। प्रहरीको गोली लागेर शिवशङ्कर मण्डलसहित दुई जना घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ ।

हिजो बेलुका दुई समूहको विवाद हुँदा मिलाउन पुगेका ६५ वर्षीय दीपनारायण मण्डल माथि नै कुटपिट भएको र उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयाे।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com