Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

खलिस्तानी टाइगर फोर्स चिफको क्यानडामा गोली हानी हत्‍या

भारतीय प्रहरीको फरार सूचीमा रहेका खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको क्यानडामा गोली हानेर हत्या भएको छ। 

स्थानीय समयअनुसार आइतबार राति साढे ८ बजे क्यानडाको सरी शहरमा दुई जनाले उनीमाथि गोली हानेर हत्या गरेको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ। 

गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्र बसिरहेका उनको दुई अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको हो। घटनापछि दुबै जना फरार भएका छन्। हत्यापछि खालिस्तानी समुदायले प्रदर्शन समेत गरेका थिए। 

हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनीविरूद्ध चार वटा मुद्दा रहेको बताएको छ। 

जलन्धरको भरसिंहपुरका उनीविरूद्ध पन्जाब प्रहरीले पनि केही मुद्दा दायर गरेको छ। उनी सन् १९९७मा क्यानडा पुगेका थिए। त्यहाँ आफ्नी श्रीमती र दुई छोरासँग बस्दै आएका थिए।

उनीविरूद्ध सन् २०१६ मै रेड नोटिस जारी भएको थियो। 

सन् २०२२मा एनआइएले उनलाई पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १० लाख भारू दिने घोषणा गरेको थियो। 

भारतमा खलिस्तानको अभियान चलाइरहेका प्रमुख नेता अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्। उनलाई गत वैशाखमा पन्जाव प्रहरीले पक्राउ गरेको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com