Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

युक्रेनको खार्किभमा श्रद्धाञ्जलीसभामा रुसी आक्रमण, ५१ जनाको ज्यान गयो

युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा एक आठ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर सार्वजनिक गर्नुभएको छ ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरु श्रद्धाञ्जली सभामा रहेको र त्यहाँ आक्रमण भएको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com