Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ

असोज,४ काठमाडौं । धरानकी ६४ वर्षकी पूर्णसरी राईको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्नको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेका १८ वर्षका निखिल भन्ने नकुल राईलाई पक्राउ गरेको छ ।

उनले लुटेका सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षका रञ्जितकुमार साहलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

पक्राउ परेका नकुल लागू औषध प्रयोगकर्ता रहेको र उनले धरानमा यसअघि पनि सानोतिनो चोरी गरेको प्रहरीको भनाइ छ । नकुलले एक हप्ताअघि मृतकको घरमा आई उनको बारेमा बुझेर गएको र गहना लुट्ने उद्देश्यले नै हत्या गरेको अनुसन्धाबाट देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

गत भदौ २९ गते दिउँसो ४ बजे धरान उपमहानगरपालिका–२० कि पूर्णसरी राई आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनले लगाएका गहना, दुवै कानमा लगाएको कुण्डल लुटिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com