Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

नैना दोहोरी साँझमा आगलागी

मंसिर, २७काठमाडौं । पोखरा महानगरपालिका सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको छ । प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । आगलागीमा नगद पैसा ५० हजारसहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com