Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पर्वतमा चितुवा मृत अवस्थामा फेला

भदौ,१५ काठमाडौं । पर्वतको मोदी गाउँपालिका– ७ राम्जादेउरालीमा चितुवा मृत अवस्थामा फेला परेको छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिरनजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो।

स्थानीयवासीले मृत चितुवा देखेलगत्तै डिभिजन वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिनअगाडि नै मरेको हुन सक्ने उनले बताए ।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवालाई डिभिजन वन कार्यालयपरिसरमा ल्याएर गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष ०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com