Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व अर्को आइतबार घोषणा हुने

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन एक सातासम्म चल्ने भएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार भोलि (आइतबार) सुरू हुने अधिवेशन शनिबारसम्म चल्नेछ। अर्को आइतबार पाँच वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व घोषणा हुनेछ।

पार्टीको महासचिवमा सी चिनफिङ तेस्रो कार्यकालका लागि चुनिने लगभग पक्कापक्की छ। चीनका राष्ट्रपतिसमेत रहेका चिनफिङले यसैका लागि दुई कार्यकालको समयसीमा यसअघि नै हटाएको देखिन्छ।

शीर्ष नेतृत्वमा चिनफिङले निरन्तरता पाए पनि सात सदस्यीय पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भने धेरै फेरबदल हुने सम्भावना छ। केन्द्रीय कमिटीमा त झन्डै आधा सदस्य नयाँ आउने अपेक्षा गरिएको छ।

अहिलेका प्रधानमन्त्री ली खछ्याङ पनि यही अधिवेशनबाट बाहिरिने अनुमान छ।
चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न कमिटीमा को, को परिवर्तन भए भन्ने कुरा आगामी मार्चमा स्पष्ट हुनेछ। किनकी त्यतिबेला चिनियाँ जनकंग्रेसको वार्षिक अधिवेशन सुरू हुन्छ र महत्वपूर्ण सरकारी पदमा जिम्मेवारी तोकिन्छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com