Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भारतमा किसानको दिल्ली यात्रा शुरु, किसानलाई रोक्न ठाउँठाउँमा ब्यारिकेड

भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरूले विभिन्न माग राख्दै सङ्घीय राजधानी दिल्लीको यात्रा शुरु गरेका छन् । पन्जाबको फतेहगढबाट किसानहरूले दिल्लीको यात्रा शुरु गरेका बीबीसी हिन्दीले जनाएको छ ।

किसानहरूलाई रोक्नका लागि दिल्ली पुलिसले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जसका कारण केही मुख्य सडकहरूमा गाडीको लामो लाइन लागेको छ ।

यसैबीच ठूलो सङ्ख्यामा ट्रयाक्टर, ट्रली लिएर दिल्लीतर्फ बढिरहेका किसानहरूको भीडलाई तितरबितर गर्नका लागि पन्जाब र हरियाणको बीच शम्भू बोर्डर नजिक प्रहरीले ड्रोनबाटै अश्रृ ग्यास प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ । केही किसानहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।

किसानहरू दिल्ली आउने भएपछि पन्जाब, हरियाणा र दिल्लीको सीमामा ठूलो सङ्ख्यामा बेरिकेड लगाइएको छ । दिल्ली आउने मुख्य सडकहरूमा कन्टेनर, बस र क्रेन राखिएको तथा केही ठाउँमा सिमेन्टको ब्यारिकेड लगाइएको खबरमा उल्लेख छ । दिल्ली पुलिसले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

किसानहरूको प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थलले सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ ।

उनीहरूले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानहरूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानहरूलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com