Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

साउन,१७ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पेरिसडाँडामा बिहान साढे ९ बजेपछि बैठक सुरू भएको हो। त्यसअघि पदाधिकारी बैठक बसेको थियो।
बैठकमा आजदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकबारे छलफल भएको छ। स्थायी कमिटीमा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्ने राजनीतिक एवम् सांगठनिक प्रतिवेदनबारे छलफल हुनेछ।

स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ। त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने महासचिव देव गुरूङले बताएका छन् ।

यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ। यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएको छ। सोबारे पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com