Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

फ्रान्समा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा किशोरलाई गोली हानेका प्रहरीले माफी मागे

फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् ।

हत्याको आरोपमा हिरासतमा रहेका प्रहरी अधिकारीले मृतक किशोरको परिवारसँग माफी मागेका बीबीसीले जनाएको छ । गएको मङ्गलवार घटनाभएपछि फ्रान्समा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ४ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

प्रदर्शनले उग्र रुप लिएपछि पेरिस उपनगरमा गएरातिदेखि लागू हुने गरी सोमवार बिहानसम्मका लागि कर्फ्यु लगाइएको छ । मङ्गलवार बिहान पहेँलो मर्सिडिज कार चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोप छ ।

राष्ट्रपति इम्यानुयल म्याक्रोले गोली प्रहारको घटना अक्षम्य भएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com