Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

साउदीस्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ।

बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको हो।

अलजजिराका अनुसार बुधबार दूतावासको भवननजिकै कार रोकेका एक व्यक्ति  बन्दुकसहित कारबाट ओर्लिएका थिए।

त्यसपछि नजिकै रहेका सुरक्षागार्डहरूले उनलाई रोक्ने क्रममा दोहोरो फायरिङ भएको थियो। दोहोरो फायरिङमा बन्दुकधारीको मृत्यु भएको थियो भने नेपाली सुरक्षागार्ड गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको अरब न्युजले उल्लेख गरेको छ।

मृत्यु हुने नेपाली सुरक्षागार्डको परिचय खुलेको छैन। साउदी प्रेस एजेन्सीका अनुसार उनी महावाणिज्यदूतका निजी सुरक्षा सहयोगीमध्येका एक हुन्।

घटनाबारे अनुसन्धान भइरहेको साउदी प्रहरीलाई उदृध गर्दै अलजजिराले जनाएको छ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com