Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

भदौ,२६काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्नेछ । हिजोको बैठकमा नै सहमति गर्ने भनिए पनि दलहरुका आआफ्नै अडानका कारण कुनै निष्कर्ष निस्कन सकेन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको धरै नजिक पुगिसकेकाले सार्वजनिक गर्न मात्रै बाँकी रहेको बताउनु भएको छ । मधेसका ३२ सिटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको धेरै दाबी देखिएपछि पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा किचलो बढेको छ ।

दुवै दल मधेसमा पहिलो शक्ति बन्ने दाउमा छन् । सङ्गठन र जनाधार बलियो रहेको मधेसमा धेरै सिट पाउनुपर्ने जसपाको अडान छ । तर, धेरै सिट लिएर लोसपालाई पनि सँगै लिएर जाने कांग्रेसको रणनीति छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com