Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राष्ट्रको हितका लागि गठबन्धन गरिएको हो स् प्रवक्ता महरा

वैशाख,१८ काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे । उनले भने, व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो ।

प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकतालाई प्रवक्ता महराले ढुक्क भएर पाँच दलीय गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्ति रहेको भन्दै यसको अन्त्यका लागि नै यो गठबन्धन भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उम्मेदवार जोगबहादुर राणा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले मन्तव्य व्यक्त गर्दै यो गठबन्धन रहेको नभई संविधानको रक्षाका लागि भएको बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com