Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अब नेपाल श्रीलंकको बाटोमा जानेछैन : प्रधानमन्त्री प्रचण्ड

असार,१३ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले नेपालको नियति श्रीलंकाको जस्तै हुनेभयो भन्ने भाष्य निर्माण गर्दै सिंगो देशलाई आशंकित र त्रसित बनाएको अवस्थालाई पार लगाएको जनाए ।

श्रीलंकाको दुस्वप्नबाट नेपालको अर्थतन्त्र जागिसकेको बताउँदै प्रधानमन्त्रीले यसलाई सरकारको उपलब्धिको मात्र नभई राष्ट्रकै सफलताको रुपमा लिन चाहेको बताए । प्रचण्डले भने– ‘सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढ्दैछन् । पछिल्लो ६ महिनायता कूल विदेशी विनियम संचिति २० दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । अब ९ दशमलव ७ महिनाको बस्तु तथा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौँ । यस्तै कुल बस्तु व्यापारको घाटामा १५ दशमलव २ प्रतिशतले कमी आएको छ । विप्रेशण उल्लेखनीय रुपमा बृद्धि भएको छ ।’

उनले गत वर्ष यसै समयलाई आधार मान्दा पर्यटक दोब्बर बढेको, बैंकको ब्याजदर क्रमशः घट्दै गएको, वित्तिय क्षेत्रको लगानीको वातावरणमा सुधार आएको बताए । यस्तै चुहावटलाई कडाईका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com