Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

क्यानडाको डढेलोले अमेरिकामा पनि वायु प्रदुषण

क्यानडाको जंगलमा लागेको डढेलो छिमेकी अमेरिकामा पनि वायु प्रदुषण बढेको छ।

आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको छ।

मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ। 

द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केहीदिन देखि तुँवालो लागेको छ।  

क्यानडाका ओन्टोरियो, ओटावा र टोरोन्टो सहरलाई पनि प्रदुषणको वायुले ढपक्कै छोपेको छ। ओन्टोरियो क्षेत्रमा अहिले १६० भन्दा बढी ठाउँमा डढेलो लागेको बिबिसीले उल्लेख गरेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com