Yeti Khabar

२०८१ जेष्ठ १४, सोमबार - Mon May, 2024 -

५०० रुपैयाँले घट्यो सुनको मूल्य

जेठ,१२ काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

तोलामा ५०० रुपैयाँले घटेपछि आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com