कालीकोट र जुम्लामा विद्युत् सेवा सञ्चालन

जेठ, ११ काठमाडौं । कालीकोटमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि बन्द भएको कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा आएको छ ।चट्याङका कारण मंगलवारदेखि अवरुद्ध विद्युत् सेवा बिहीवारबाट सञ्चालनमा आएको हो ।
दैलेख जिल्लाको खिड्कीज्युलामा चट्याङले पन्चर भएको पिन बदलेपछि विद्युत सेवा सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख इन्जिनियर विमल शाहले जनाउनु भयो ।
दुल्लु–मान्मा ३३ केभी प्रसारण लाइनको बिजुली बेला–बेला जाने गरेको छ । लामो लाइन भएकाले कतिबेला कहाँ के समस्या आउँछ भन्न नसकिने कालीकोट वितरण केन्द्रका मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले जानकारी दिनुभयो ।